संगालोखबर


विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषध ब्राउन सुगर र गाँजासहित तीन जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा, मोरङ र उदयपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापाको मेचीनगर नगरपालिका-६ बाट एक जनालाई पक्राउ गरेको छ । पाँचथरको फिदिम नगरपालिका-१३ का ३० बर्षीय सनम राई २ ग्राम ३६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

Advertisement

यसैगरी विराटनगर-१५ बाट उदयपुरको बेलका नगरपालिका-४ का ४० वर्षीय सुरज खड्का १ ग्राम ३६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनलाई लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बेलका-८ बाट गाँजासहित भोजपुरको आमचोक गाउँपालिका-१ का २५ वर्षीय दाजुङ शेर्पा पक्राउ परेका छन् । को १ ज ३४९९ नम्बरको बोलेरो गाडी चेकजाँच गर्दा तीन किलो गाँजा भेटिएको प्रहरीले जनाएको छ । उनी बोलेरो चालक हुन् ।

उनीहरूका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!