झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
विराटनगर । झापामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक ४ का ३६ वर्षीय मिलन थापा छन् ।
दमक नगरपालिका ७ पशुहाट डाँडास्थित पूर्वपश्चिम लोकमार्गमा गएराति मे १ ख ३०२७ नम्बरको बस र प्रदेश १-०२-०५२ प २२११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
बसको ठक्करबाट घाइते भएका थापालाई उपचारका लागि आर्या न्युरो अस्पताल विराटनगर ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जना...



















