केर्खा दुर्घटना अपडेट : पीडित पक्षसँग चार बुँदे सहमति पश्चात राजमार्ग सुचारु
विराटनगर । झापाको कमल गाउँपालिका-३ स्थित केर्खामा दुर्घटना पछि निम्तिएको अवस्था सामान्य भएको छ । पीडित पक्षसँग चार बुँदे सहमति भएपछि अवस्था सामान्य भएको हो ।
हिजो साँझदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिब १२ घण्टापछि सुचारु भएको छ । पीडित पक्ष, नागरिक समाज, जनप्रतिनिधि र प्रहरी प्रशासनको छलफलबाट चार बुँदे लिखित सहमति भएपछि अवस्था सामान्य भएको हो ।
छलफलबाट पीडित पक्षलाई अधिकतम क्षतिपूर्ति दिला...
























