विराटनगर । झापामा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ टिपरको ठक्करबाट क्रसरका कामदार हल्दिबारी गाउँपालिका-२ का अन्दाजी २५ वर्षीय मोहन किस्कुको मृत्यु भएको हो ।
मिक्स गिट्टी अनलोड गरेर अगाडि बढ्ने क्रममा को १ ख ७०१४ नम्बरको टिपरले साँझ ५ः४५ बजेतिर ठक्कर दिएको थियो । टिपरको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
टिपर चालक मोरङको उर्लाबारी नगरपालिका-२ का ४१ वर्षीय गुमानध्वज खड्कालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।