संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । कोशी प्रदेशका तीन जिल्लाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । मोरङ, सुनसरी र उदयपुरका विभिन्न स्थानबाट उनीहरूलाई प्रतिबन्धित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

इलका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले मोरङको मिक्लाजुङ-७ का २० वर्षीय मनिष राईलाई पक्राउ गरेको छ । उनको घर खानतलासी गर्दा प्रहरीले ट्रामाडोल-९६, स्पास्टिन दुई सय ३८ क्याप्सुल र नाइट्रेजेपाम-४ ट्याबलेट फेला पारेको छ ।

Advertisement

सुनसरीको अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको टोलीले धरान उप-महानगरपालिका-१६ का २० वर्षीय निशान तामाङलाई पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले ट्रामाडोल एक सय ८२ क्याप्सुल र स्पास्पेन एक सय ८२ चक्की बरामद गरेको छ ।

यस्तै उदयपुरको त्रियुगा नगरपालिका-३ बाट २७ वर्षीय दिपेश चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले ५७ एम्पुल लागूऔषध औषधीसहित उनलाई पक्राउ गरेको हो । उनीहरूका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!