संगालोखबर


विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापाको कन्काई नगरपालिका-१ मा आक्रमण भएको छ । आज नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट फर्किनेक्रममा थापामाथि आक्रमण भएको हो । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले थापामाथि आक्रमण भएको पुष्टि गरे । उनले संगालोखबरसँग भने, ‘पूर्वमुख्यमन्त्री आफ्नो काम सकेर फिर्कदै हुनुहुन्थ्यो । हाइवे निर्माणधीन अवस्थामा रहेकाले डाइभर्सन छ । डाइभर्सनमा विद्युत प्राधिकरणको हेल्पर र चालकले गाडी ओभरटेकको विषयलाई लिएर विवाद सिर्जना गरेछन् र हातपात गरेछन् ।’

Advertisement

उनका अनुसार थापाको आँखाछेउमा चोट लागेको छ । प्राधिकरणको चालकसहित दुईजनालाई नियन्त्रणमा लिएको उनले बताए । थापा विर्तासिटी अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भएर घर फर्किसकेको उनले बताए  । पक्राउ परेकाहरूका विषयमा थप अनुसन्धान सुरु गरिएको उनको भनाइ छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!