संगालोखबर
फाइल तस्बिर

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिएको बताएका छन् । झापाको दमक नगरपालिका-३ स्थि बेलडाँगीमा खानेपानी आयोजनाको उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले देशभर बिजुली, कृषि, सञ्चार, उद्योग र सरसफाइ आदिका अभियान सञ्चालन गर्ने समेत बताए । उनले देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने उल्लेख गरे ।

Advertisement

उनले भने, ‘हामी विभिन्न पार्टी हुनसक्छौँ । तर विकास निर्माणका काममा एक हुनुपर्छ ।’ कुल ५० करोड सात लाख ९२ हजार लागतमा निर्मित सो आयोजनाबाट दमक नगरपालिका-२, ३ र ४ का छ हजार पाँच सय २१ घरधुरी लाभान्वित हुनेछन् ।

कार्यक्रममा आयोजनाका लागि जग्गा दिने स्थानीयबासीलाई सम्मान गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!