उपाधिका लागि बिर्तामोड र मानेभञ्ज्याङ भिड्दै
झापा । झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधिका लागि आज शनिवार बिर्तामोड युनाइटेड एफसी र पाहुना टीम भारतको मानेभञ्ज्याङ एफसी भिड्दैछन् ।
यसअघि भएको सेमीफाइनलमा बिर्तामोड युनाइटेडले बेलबारी एफसीलाई टाइब्रेकरमा ५–४ ले र मानेभञ्ज्याङले आयोजक आदर्श क्लबलाई २–० ले पाखा लगाउँदै उपाधि भिडन्त तय गरेका थिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख, तथा उपविजेताले १ लाख रुपैयाँसहित ट...













