धनकुटाका एक युवाले पेट्रोल छर्केर शरीरमा लगाए आगो
धनकुटा । धनकुटाको सहिदभूमिका एक युवाले आज पेट्रोल छर्केर शरीरमा आगो लगाएका छन् । सहिदभूमि गाउँपालिका वडा नं.२ गारा टोलका १९ वर्षीय समिर राईले आफ्नै घरको आगनमा बिहान करिब ९ बजे शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका हुन् ।
आगोले जलेर उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । धनकुटा सदरमुकामस्थित गोकुण्डेश्वर बालमन्दिर स्कुलमा क...






























