जीवन विकास अस्पतालमा महिलाको पाठेघरबाट निकालियो २० सेन्टिमिटर ठूलो पानीको फोको
विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ हल्दिबारीस्थित जीवन विकास सामुदायिक अस्पतालमा एक महिलाको पाठेघरबाट २० सेन्टिमिटरको पानीको फोको निकालिएको छ । अस्पतालका चिकित्सक डा.आशिषकुमार यादव नेतृत्वको टोलीले सफलतापूर्वक शल्यक्रिया गरी मिक्लाजुङ-२ रमितेकी २५ वर्षीया महिलाको पाठेघरबाट ठूलो सिस्ट निकालेको हो ।
उनी पाँच महिना अघिदेखि पेट दुख्ने समस्याबाट पीडित थिइन् । असह्य पीडा भएपछि आफन्तले उनलाई उपचारक...





























