संगालोखबर सम्बाददाता

धनकुटा । प्रदेश नं.१ पुनः नामांकन संयुक्त संघर्ष समिति जिल्ला समन्वय समितिले आज धनकुटामा बन्द आव्हान गरेको छ । धनकुटाको राजारानीमा चार वटा गाडी तोडफोड गरेको आरोपमा पक्राउ परेका राजारानीका मनकुमार याम्फु, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई कारबाही नगरी बिनासर्त छोड्नुपर्ने माग गर्दै संघर्ष समितिले अनिश्चितकालीन बन्द आव्हान गरेको हो ।

Advertisement

फोक्लेण्डटापु, भेडेटार लगायत क्षेत्रमा बन्दकर्ता निस्किएर सडक अवरोध गरेका कारण बिहानैदेखि सवारी साधन सञ्चालन हुन सकिरहेका छैनन् । चारपाङ्ग्रे यात्रुबाहक र मालबाहक सवारी साधन सञ्चालनमा अवरोध गरिएको छ । धनकुटाको जिरोप्वाइन्ट र भेडेटारमा दर्जनौं सवारी साधन रोकिएका छन् । दुई पाङ्ग्रे र आकस्मिक प्रयोजनका सवारी साधन भने सञ्चालन भइरहेका छन् । दशैँको मुखमा गाडी बन्द गरिदा हजारौं सर्वसाधारण समस्यामा परेका छन् । उनीहरूले बन्दको विरोध गर्दै बन्द खुलाउनुपर्ने माग गरिरहेका छन् ।

गत भदौं ८ गते एमाले निकट राष्ट्रिय युवा संघले राजारानीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा युवा संघका इन्चार्ज महेश बस्नेत र अध्यक्ष क्षितिज थेबेसहितको टोलीलाई पहिचानवादीहरुले राजारानी नजिक टुक्रे, तयालुङ चोकमा अवरोध गरेका थिए । कोशी प्रदेश नामकरणको पक्षमा बोलेको र पहिचानवादीलाई गाली गरेको भन्दै उनीहरूले एमाले नेताहरूलाई अवरोध गर्दै आएका छन् ।

राजारानीमा अवरोध गर्ने क्रममा पहिचानपक्षधरले हाइलक्स, ट्रक, सुमो र बोलेरो गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । घटनाको विषयमा जाहेरी परेपछि तोडफोडमा संलग्न तीन जनालाई पक्राउ गरिएको धनकुटा प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । उनीहरूलाई विना कारण पक्राउ गरिएको दावी गर्दै पहिचान पक्षधरले बिनासर्त छोड्नुपर्ने मागसहित अनिश्चितकालीन बन्द आव्हान गरेका हुन् ।

 

अपडेट

धनकुटा बन्द फिर्ता

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!