संगालोखबर सम्बाददाता

धनकुटा । हिले बजारमा सडक बत्ती राख्न हिले ब्याडमिन्टन क्लबले सहयोग गरेको छ । बजारको मुख्य सडक क्षेत्रमा सडक बत्ती राख्न क्लबले सडक बत्तीसहित आवश्यक सामग्री उपलब्ध गराएको हो ।

Advertisement

हिले बजार व्यवस्थापन समितिलाई २५ वटा सडक बत्ती, बत्तिको स्टेण्ड, कवर लगायत सामग्री उपलब्ध गराइएको क्लबका अध्यक्ष भैरव याम्फुले जानकारी दिए ।

हिले बजारमा सडक बत्ती नहुदाँ रातको समयमा समस्या हुने गरेको छ ।

सोही समस्यालाई मध्यनजर गर्दै एक लाख पाँच हजार मूल्य बराबरको सामग्री प्रदान गरिएको क्लबका कोषाध्यक्ष आसिस गोङ्वाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!