सन्तोष सुवेदी/संगालोखवर

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारमा म्याद गुज्रिएका खाद्य सामग्री छ्यापछ्याप्ती भेटिएका छन् । बिहीबार सिधुवा बजार अनुगमनका क्रममा खुद्रा तथा किराना पसलमा म्याद गुज्रिएका खाद्य सामाग्री ठूलो मात्रामा भेटिएका हुन् ।

Advertisement

छ वटा किराना पसलको अनुगमन गर्दा ५५ हजार भन्दा बढी मूल्यको म्याद नाघेका खाद्य सामग्री फेला परेको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत अंकित मग्रान्तीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिसहितको टोलीले बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा पसलहरूमा ठूलो मात्रामा डिउ, स्प्राइट, कोक, धुलो खोर्सानी, बेसन, चियारङ, जिरा, मेथी, ज्वानो लगायत खाद्य सामग्री म्याद गुज्रिएर पनि बेच्न राखेको भेटिएको थियो ।

पसलहरूबाट नियन्त्रणमा लिइएको खाद्य सामग्री जलाएर नष्ट गरिएको छ । म्याद गुज्रिएको सामग्री बिक्रीका लागि राख्ने पसलहरूलाई अब पुनः यस्तो पाइएमा कारबाही गर्ने चेतावनी दिएर गल्ति नदोहोर्याउने सर्तमा छोडिएको अनुगमन टोलीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!