संगालोखबर सम्वाददाता

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाले दावी पेश गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले आज समर्थनमा हस्ताक्षर गर्ने सांसदहरूको हस्ताक्षर सनाखत गर्दैछन् ।

Advertisement

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश सरकार गठनका लागि दिएको समयसीमा भित्र सत्तारुढ गठबन्धनबाट माओवादीका इन्द्रबहादुर आङ्बो र एमालेको समर्थनमा कांग्रेसको विद्रोही समूहबाट केदार कार्कीले मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

कोशी प्रदेशमा ९३ जना प्रदेश सांसद छन् । तर, मुख्यमन्त्रीका दाबेदार आङ्बो र कार्कीले ४७/४७ जना सांसदको हस्ताक्षरसहित दावी पेश गरेका छन् । दुवै जनाको दाबीमा हस्ताक्षर गर्ने सांसदको संख्या कुल सांसद संख्या भन्दा बढी देखिएको छ । सांसदको हस्ताक्षर सनाखत गरेर मात्र मुख्यमन्त्री नियुक्ति गर्ने निर्णयमा पुगेका प्रदेश प्रमुखले दुवै पक्षलाई आज हस्ताक्षर सनाखतका लागि बोलाएका हुन् ।

हस्ताक्षर सनाखतका लागि बिहान ८ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरिएको छ ।

कांग्रेस विद्रोही समुहका ८ र एमालेका ३९ जना सांसदको हस्ताक्षर बुझाएका कांग्रेसका केदार कार्की समूहलाई हस्ताक्षर सनाखतका लागि बिहान ८ देखि ११ बजेसम्मको समय दिइएको छ । गठबन्धन उम्मेद्वार आङ्बो समूहलाई ११ देखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!