संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

विराटनगर  । मोरङको उर्लाबारी नगरपालिका–७ स्कुलडाँडामा गएराती कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बागमती प्रदेश ०१–०२६ च ६२८८ नम्बरको कारले ठक्कर दिँदा उर्लाबारी–७ का ५६ वर्षीय बोधविक्रम मुखियाको मृत्यु भएको हो ।

हिँडिरहेका बेला मुखियालाई राती करिब ८ बजे कारले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल पुर्याइएको थियो ।

Advertisement

उपचारकै क्रममा राती करिब ९ः३० बजे उनको मृत्यु भएको मोरङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए ।

दुर्घटनापछि कार र भक्तपुरको सूर्यविनायक नगरपालिका–९ घर भएका चालक ३३ वर्षीय भाष्कर गुरागाइँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!