पत्रकार महासंघ मोरङमा प्रेस सेन्टरले गर्यो तालाबन्दी
विराटनगर । प्रेस सेन्टर मोरङले नेपाल पत्रकार महासंघ मोरङको कार्यालयमा तालाबन्दी गरेको छ । उपाध्यक्ष तारा आचार्यलाई कार्यवाहक अध्यक्ष तोकिएको विषयमा असन्तुष्टि जनाउँदै सेन्टरले आज महासंघ भवनको मूल गेटमा तालाबन्दी गरेको हो ।
महासंघका अध्यक्ष संजीव खनाल क्यानाडा गएका छन् । उनले उपाध्यक्ष आचार्यलाई भदौं २९ गते लिखित रुपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका हुन् । महासंघको विधानअनुसार जिल्ला शाखा...































