संगालोखबर सम्वाददाता

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार साँझ भक्तपुरको साँगाबाट केसीलाई पक्राउ गरेको हो ।

Advertisement

रावायण फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लगेको भएपनि केसीले सम्झौता गर्न नमानेको र सुटिङमा पनि नआएको भन्दै चन्द्रकला कटवाल थापाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

उजुरीपछि दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो । छलफलका लागि आउँन पटक–पटक बोलाउँदा पनि केसी आएनन् । उनले प्रहरीले जे गर्न सक्छ गरोस् भन्ने जवाफ दिएका थिए ।

केसीले अटेर गरेपछि अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी अहिले प्रहरी हिरासतमा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!