- बिनोद बिष्ट/संगालोखबर

धनकुटा । धनकुटाको सहिदभूमिका एक युवाले आज पेट्रोल छर्केर शरीरमा आगो लगाएका छन् ।  सहिदभूमि गाउँपालिका वडा नं.२ गारा टोलका १९ वर्षीय समिर राईले आफ्नै घरको आगनमा बिहान करिब ९ बजे शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका हुन् ।

आगोले जलेर उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । धनकुटा सदरमुकामस्थित गोकुण्डेश्वर बालमन्दिर स्कुलमा कक्षा ९ मा अध्ययनरत उनी दशैँ मनाउँन गत सोमबार गाउँ गएका थिए । आज उनले बुबा रामकुमारको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्कदै आगो लगाएका हुन् । आगोले उनको शरीरको बाहिरी अधिकांश भाग जलेको छ ।

आगोले शरीरको करिब ७५ प्रतिशत भाग जलेको छिन्ताङ स्वास्थ्य चौकीका सिनियर अहेब लाखमान राईले जानकारी दिए । ‘आगोले शरीरको अधिकांश भाग जलेको छ, झण्डै ७५ प्रतिशत भाग जलेको जस्तो देखिन्छ,’ अहेब राईले संगालोखबरसँग भने, ‘हामीले यहाँ प्राथमिक उपचार गरेर पठाएका छौं, शरीरको धेरै भाग जलेकाले अवस्था अलिक गम्भीर छ ।’

उनले शरीरमा आगो लगाउनुको कारण खुलेको छैन । केही महिना अघिदेखि समिरले अस्वभाविक व्यवहार देखाउँदै आएको र आज एक्कासि शरीरमा आगो लगाएको समिरका बुवा रामकुमार बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!