संगालोखबर सम्वाददाता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा केही समूहले जातीय दंगा भड्काउने दुष्प्रयास गरिरहेको बताएका छन् ।

Advertisement

प्रगतिशील तथा पेशागत कानून व्यवसायी संघ (पीपीएलए) कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दङ्गा भड्काउन केही शक्तिहरू लागिपरिरहेको उनको भनाई छ ।

कोशी प्रदेश नामकरण सबैका लागि उपयुक्त रहे पनि जवरजस्त आन्दोलन उठाउँन खोजिएको उनले बताए । प्रदेश नामकरणविरुद्ध स्थानीय स्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीहरूको सहयोगमा काठमाडौदेखिका मानिसहरू ल्याउन थालिएको उनको बुझाई छ ।

कोशी प्रदेश नामकरण ठिक भएकाले यसबाट डराउनुपर्ने र पछि हट्नुपर्ने अवस्था नरहेको उनले प्रस्ट पारे । नामकरणको समर्थनमा सिङ्गो एमाले पार्टी उठ्नुपर्ने आवश्यकता उनले औँल्याए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!