संगालोखबर सम्वाददाता

काठमाडौं । बीपी कोइराला सोसलिस्ट इन्टरनेशनल नेपालको अध्यक्षमा इन्दिरा थापा चयन भएकी छन् । सो संस्थाको काठमाडौंमा सम्पन्न साधारण सभाले धनकुटाबाट प्रतिनिधित्व गर्ने कोशी प्रदेश सभा सदस्य थापाको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको हो ।

Advertisement

नयाँ कार्य समितिको उपाध्यक्षमा डा.जयबहादुर टन्डन, महासचिवमा डा.विजय मिश्र र कोषाध्यक्षमा राजन खत्री चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा प्रा.डा.बिपिन अधिकारी, प्रा.डा.जिवराज पोख्रेल, सिताराम केसी, हरी ढुंगाना, डा.तुलसी गौतम, बसन्त बस्नेत र निस्कल राई चुनिएका छन् ।

यसैबीच, समितिको पहिलो बैठकले ७७ वटै जिल्ला र सातै प्रदेशमा बीपी संवाद कार्यक्रम गर्ने निर्णय गरेको छ । पहिलो चरणमा जिल्ला स्तरीय कार्यक्रम धनकुटामा र प्रदेश स्तरीय कार्यक्रम इटहरीमा गर्ने निर्णय भएको अध्यक्ष थापाले जानकारी दिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!