सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिहरूलाई तत्काल रिहाई नगरे प्रदेश नं.१ पुनः नामांकन संयुक्त संघर्ष समितिले धनकुटामा नाकाबन्दी गर्ने चेतावनी दिएको छ ।

Advertisement

समितिले आइतबार धनकुटामा पत्रकार सम्मेलन गरेर सोमबारसम्म हिराई नगरे मङ्गलबारबाट जिल्लाभरका सबै नाका बन्द गर्ने चेतावनी दिएको हो ।

गत भदौ ८ गते धनकुटाको राजारानीमा राष्ट्रिय युवा संघको कार्यक्रममा जाने क्रममा युवा संघका नेताहरूलाई पहिचान पक्षधरले अवरोध गर्दै गाडी तोडफोड गरेका थिए । सोही तोडफोडको घटनामा संलग्न भएको आरोपमा प्रहरीले असोज २५ गते चौबिसे गाउँपालिका–ंं६ का मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बूलाई पक्राउ गरेको छ ।

उनीहरूलाई बिनासर्त तत्काल रिहाई गर्नुपर्ने संघर्ष समितिको माग छ । पक्राउ परेकाहरूलाई बिनासर्त तत्काल रिहाई नगरिए धनकुटा छिर्ने सबै नाका बन्द गर्ने राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष केपी पालुङवाले बताए ।

उनले पहिचानवादीलाई गाली गर्ने र आतङ्ककारी भन्नेलाई प्रतिरोध गर्ने क्रम नरोकिने दाबीसमेत गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!