संगालोखबर सम्बाददाता
दुर्घटनास्थल र सिसा फुटाइएको ट्रक

विराटनगर । विराटनगरमा यातायात मजदुरहरूले एक युवतीमाथि सामूहिक बलात्कार गरेका छन् । विराटनगर महानगरपालिका–३ मा आइतबार बिहानका राती तीन जना यातायात मजदुरले २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेका हुन् ।

पीडितले किटानी जाहेरी दिएपछि धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालकलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । डीएसपी दाहालका अनुसार तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ बर्से बालक अर्को ट्रकमा काम गर्ने सहचालक हुन् ।

Advertisement

घटनामा संलग्नहरू आइतबार राति ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कस्थित होटलमा पुगेका थिए । खाना खाएपछि सीटी सफारी चढेर ट्रक राखेको ठाउँमा फर्किए । फर्किने क्रममा सफारीमै यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरेको स्थानमा पुर्याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले बताए । पार्किङ गरेर राखेको दुईवटा ट्रकको बीचमा रहेको खाली ठाउँमा पुर्याएर युवतीमाथि सामूहिक बलात्कार गरेको पाइएको छ ।

पीडित युवती चिच्याउन थालेपछि स्थानीय एवं पैदलयात्रीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा मानिसहरू भेला हुन थालेपछि तीनै जना दौडिएर ट्रकभित्र छिरे । लगत्तै पुगेको प्रहरी टोलीले तीनै जनालाई नियन्त्रणमा लिएको हो । घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गरेका छन् । तोडफोडबाट ट्रकको अगाडिको सिसा फुटेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!