संगालोखबर सम्वाददाता

धनकुटा । सुपेरियर मालिका जेभी कम्पनीका ठेकेदार प्रदिप कार्कीलाई आज धनकुटाको हिलेमा कालोमोसो दलिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले निर्माण व्यवसायी कार्कीमाथि कालोमोसो दलेका हुन् ।

Advertisement

कार्कीको सुपेरियर मालिका जेभी कम्पनीले धनकुटाको हिलेमा कबड हल निर्माणको जिम्मा लिएको छ । सहरी विकास मातहत प्रदेश सरकारको तीन करोड पचास लाखको लागतमा बनाउँन थालिएको कवड हल निर्माणका क्रममा त्यहाँ काम गर्ने मजदुरहरुलाई ज्याला नदिई श्रमशोषण र दुर्व्यवहार गरेको आरोप लगाउँदै सो पार्टीका कार्यकर्ताले हिलेस्थित सिजाली टोलमा निर्माण व्यवसायी कार्कीमाथि कालोमोसो दलेका हुन् ।

दोलखा घर भई धनकुटा बस्दै आएका कार्कीलाई करिब एक दर्जनको संख्यामा रहेका सो पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएर कालोमोसो दलेका थिए ।

सो पार्टीका जिल्ला संयोजक मोहन घलेले प्रेस विज्ञप्ति जारी गरेर घटनाको जिम्मेवारी लिएका छन् । विज्ञप्तिमा मजदुरहरूलाई ज्याला नदिई श्रमशोषणदुर्व्यवहार गरेकाले मजदुरहरूको ज्याला एक महिनाभित्र भुक्तानी गर्न चेतावनी स्वरुप कालोमोसो दलिएको उल्लेख गरिएको छ । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!