संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको तयारी कक्षा निःशुल्क सञ्चालन गरिएको छ । नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाई समितिले शिक्षक लाइसेन्सको तयारी कक्षा सञ्चालन गरेको हो ।

Advertisement

आगामी कात्तिक १८ गतेदेखि निम्न माध्यमिक तह अध्यापन अनुमति–पत्रको परीक्षा हुदैछ । सोही परीक्षालाई मध्यनजर गर्दै आइतवारबाट सुरु भएको कक्षा एक हप्तासम्म जारी रहने नेवि संघ क्याम्पस इकाइका कार्यवाहक सभापति रन्जन कार्कीले जानकारी दिए ।

शिक्षा विकास निर्देशनालयका शाखा अधिकृत सन्तोष बरालले कक्षामा सहजिकरण गरिरहेका छन् । कक्षाको पहिलो दिन एक सय भन्दा बढी विद्यार्थी सहभागि भएका छन् । आवश्यकता अनुसार कक्षा अवधि थप गर्न सकिने नेवि संघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!