संगालोखबर सम्वाददाता
फाइल तस्वीर

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशुको शव फेला परेको छ । आज बिहान करिब ८ः३० बजे शौचालयमा मृत अवस्थामा शिशु फेला परेको हो ।

भर्खरै जन्माएर फालिएको जस्तो देखिने नवजात शिशुको शव फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

Advertisement

‘४/५ महिनाको गर्भको बच्चा फालेको जस्तो देखिन्छ, बच्चाको पूर्ण विकास पनि भइसकेको छैन,’ डीएसपी दाहालले संगालोखबरसँग भने, ‘कसले र किन यसरी बच्चा फाल्यो भन्ने विषयमा हामी थप बुझ्दैछौ ।’

अनैतिक गर्भ बसेपछि बच्चा फालिएको हुनसक्ने प्रहरीको अनुमान छ, यकिन कारण खुल्न बाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!