संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको मुढेबास प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रकाश चौधरी मृत फेला परेका छन् ।  आज बिहान कोठामा घोप्टो परिरहेको अवस्थामा ४१ वर्षीय चौधरी मृत भेटिएका हुन् ।

Advertisement

प्रेसरको समस्याका कारण असई चौधरीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

‘हिजोदेखि नै समस्या भइरहेको रहेछ, टाउको दुखो भनेर डीउटी पनि राम्रोसँग गर्न सक्नु भएनछ,’ डीएसपी महर्जनले संगालोखबरसँग भने, ‘बिहान हेर्दा कोठामै मृत्यु भइसकेको रहेछ ।’

मृतकको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । मोरङ घर भएका असई चौधरी मुढेबास प्रहरी चौकी इन्चार्जको भूमिकामा कार्यरत थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!