संगालोखबर सम्वाददाता

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । गएराती सम्पन्न मतगणनामा विनोद ढकाललाई ८२ मतान्तरले पराजित गर्दै खतिवडा बिजयी भएका हुन् ।

Advertisement

खतिवडाले ५१२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ढकालले ४३० मत ल्याएका छन् । ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । बिजयी खतिवडा मोरङ क्षेत्र नं.१ बाट निर्वाचित पूर्व सांसद समेत हुन् ।

गत शुक्रबारबाट सुरु भएको अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिएको थियो । सहमति हुन नसक्दा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्यसमेत रहेका खतिवडा र केन्द्रिय सदस्य ढकालबीच चुनावी प्रतिष्पर्धा भएको हो ।

उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित भए । उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!