संगालोखबर सम्वाददाता

विराटनगर । विभिन्न कार्यक्रम गरेर शुक्रबार विश्व मुटु दिवस मनाइएको छ । दिवसको अवसरमा विराटनगरमा प्रभातफेरी र धनकुटामा ‘रोड रेस’ गरिएको छ ।

Advertisement

मुटु दिवसको अवसर पारेर नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले विराटनगरमा प्रभातफेरी आयोजना गरेको हो । महेन्द्र चोकबाट सुरु भएको प्रभातफेरी ट्राफिक चोक, मेन रोड हुँदै तीनपैनी पुगेर समापन भएको थियो । प्रभातफेरिमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित विशिष्ट व्यक्तिहरू पनि सहभागि थिए ।

नोबेल मेडिकल कलेजका कर्मचारी, विद्यार्थीसहित बिभिन्न क्षेत्रसम्बद्ध व्यक्तिहरू मुटु दिवसको टिसर्ट र क्याप टोपी लगाएर ब्यानरसहित प्रभातफेरिमा सहभागि भए । नोबेल मेडिकल कलेजले हरेक वर्ष बिभिन्न कार्यक्रम गरेर मुटु दिवस मनाउँदै आएको अस्पताल निर्देशक एवं मुटु विभाग प्रमुख डा.राजेश नेपालले जानकारी दिए ।

त्यस्तैगरी, विश्व मुटु दिवसको अवसर पारेर नेपाल पूर्व प्रहरी संस्थाले शुक्रबार धनकुटामा ८ किलोमिटर खुल्ला रोड रेस गरेको छ । रोड रेसमा पुरुषतर्फ गोकुल याम्फू राई र महिलातर्फ निमा लिम्बू प्रथम भएका छन् ।

पुरुषतर्फका विजेता राईले २८ मिनेट २० सेकेन्ड र महिलातर्फकी विजेता लिम्बूले ३८ मिनेट ३८ सेकेन्डमा दौड पुरा गरे । पुरुषतर्फ सरोज सिंह द्वितीय, मेघराज तृतीय भए भने याङ्देव राई र अनिष विश्वकर्माले सान्त्वना स्थान हासिल गरेका छन् ।

महिलातर्फ ४० मिनेट ५ सेकेन्डमा दूरी पार गर्दै सुसा लिम्बू द्वितीय र ५४ मिनेट १४ सेकेन्डमा प्रियङ्का छिलिङ तृतीय भएका छन् । त्यस्तै ४५ मिनेट २२ सेकेन्ड र ४७ मिनेट १७ सेकेन्डमा दूरी पार गर्दै निर्मला मगर र इन्दु लिम्बुले सान्त्वना स्थान पाएका छन् । खुल्ला म्याराथनमा महिला १५ र पुरुष ३७ गरी ५२ जना सहभागि भएको आयोजक संस्थाका सचिव दिनेश सुवेदीले जानकारी दिए ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुँनेलाई क्रमश ७ हजार, ५ हजार, ३ हजार र १ हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!