संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक महिलाले एकै पटक तीन सन्तानलाई जन्म दिएकी छन् । झापाको गौरीगन्ज गाउँपालिका–४ की २२ वर्षीया रुविना ताजपुरियाले एकै पटक तिम्ल्याहा छोरा जन्माएकी हुन् ।

जन्मिएका दुई बच्चाको तौल १ किलो ६ सय ग्राम छ भने एउटा बच्चाको तौल २ किलो १ सय ग्राम छ । अप्रेसन गरेर तीन वटै बच्चा सकुशल निकालिएको नोबेल अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा.डा.शान्ति सुवेदीले जानकारी दिइन् ।

‘बच्चाहरूको तौल अलिक कम छ, तिम्ल्याहा बच्चा भएकाले तौल कम हुनु स्वभाविक पनि हो,’ प्रा.डा.सुवेदीले भनिन्, ‘तर, उनीहरूको स्वास्थ्य अवस्था ठिक छ, केही समस्या देखिएको छैन ।’

रुविनाका यसअघि दुई छोरी छन् । तेस्रो पटक सुत्केरी भएकी उनले एकै पटक तीन छोरालाई जन्म दिएपछि अब पाँच सन्तान भएका छन् । अहिले आमा र बच्चाहरूको अवस्था सामान्य रहेकाले केही दिनभित्र डिस्चार्ज गरिने नोबेल अस्पतालले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!