संगालोखबर सम्वाददाता

विराटनगर । अस्पताल व्यवसायी दुर्गा प्रसाईँका कार्यकर्ता र पहिचान पक्षधरले झापाको अर्जुनधारामा एमाले निकट राष्ट्रिय युवा संघको कार्यक्रममा गएका गाडी तोडफोड गरेका छन् ।

Advertisement

एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रम बिथोल्न गएका उनीहरूले पार्किङमा राखिएका गाडीहरू तोडफोड गरेका हुन् । राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको अधिवेशनमा सहभागि हुन गएका नेता कार्यकर्ताको सात वटा गाडी तोडफोड भएको प्रहरीले जनाएको छ ।

तोडफोडबाट गाडीका सिसा फुटेका छन् । पहिचान पक्षधर र दुर्गा प्रसाईँका कार्यकर्ता तोडफोडमा संलग्न भएको पाइएकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

झापाको बीएण्डसी हस्पिटलका सञ्चालक प्रसाईँलाई केही दिनअघि काठमाडौंमा कालोमोसो दलिएको थियो । राष्ट्रिय युवा संघले कालोमोसो दलेको भन्दै प्रसाईँले बदला लिने चेतावनी दिदै आएका थिए ।

सोही क्रममा प्रसाईँका समर्थक र पहिचानवादीहरू मिलेर तोडफोड गरेको प्रहरीको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!