संगालोखबर सम्बाददाता

धनकुटा । प्रदेश नं.१ पुनः नामांकन संयुक्त संघर्ष समिति जिल्ला समन्वय समितिले धनकुटामा आव्हान गरेको बन्द फिर्ता भएको छ ।

Advertisement

धनकुटाको राजारानीमा चार वटा गाडी तोडफोड गरेको आरोपमा पक्राउ परेका राजारानीका मनकुमार याम्फु, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई बिनासर्त छोड्नुपर्ने माग गर्दै संघर्ष समितिले आजबाट अनिश्चितकालीन धनकुटा बन्द आव्हान गरेको थियो ।

पक्राउ परेका तीनै जना छुटेपछि दिउँसो १२ बजेबाट बन्द फिर्ता लिइएको संघर्ष समितिका संयोजक सञ्जयसन्तोषी राईले जानकारी दिए । आवश्यक परेको अवस्थामा बोलाउँदा उपस्थित हुने सर्तमा उनीहरूलाई छोडिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

फोक्लेण्डटापु, भेडेटार लगायत क्षेत्रमा बन्दकर्ता निस्किएर सडक अवरोध गरेका कारण बिहानैदेखि सवारी साधन रोकिएर बसेका थिए । बन्द फिर्ता भएसँगै सवारी साधन सञ्चालन हुन थालेका छन् ।

 

यसअघि प्रकाशित…

पहिचानवादीद्वारा धनकुटा बन्द, गाडी तोडफोडको आरोपमा पक्राउ परेकालाई छोड्नुपर्ने माग

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!