संगालोखबर सम्वाददाता

धनकुटा । ठेकेदारलाई कालोमोसो दलेको भन्दै प्रहरीले क्रान्तिकारी कम्युनिस्ट पार्टीका कोशी प्रदेश कमिटी सदस्य मोहन प्रसाद ओझा ‘विज्ञान’ लाई धनकुटाबाट पक्राउ गरेको छ । आज बिहान करिब ९ बजे धनकुटा बजार क्षेत्रबाट ओझालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

सुपेरियर मालिका जेभी कम्पनीका ठेकेदार प्रदिप भनिने चुलबहादुर कार्कीलाई असोज ९ गते हिलेमा कालोमोसो दलिएको थियो । घटनाको विषयमा उजुरी परेपछि ओझालाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

कार्की आवद्ध सुपेरियर मालिका जेभीले हिलेमा कबड हल निर्माणको जिम्मा लिएको छ । सहरी विकास मातहत प्रदेश सरकारको तीन करोड पचास लाखको लागतमा बनाउँन थालिएको कवड हल निर्माणका क्रममा त्यहाँ काम गर्ने मजदुरहरूलाई ज्याला नदिई श्रमशोषण र दुर्व्यवहार गरेको आरोप लगाउँदै क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताले निर्माण व्यवसायी कार्कीमाथि कालोमोसो दलेका हुन् ।

यता, ठेकेदार कार्कीमाथि कालोमोसो दलिएपछि नेपाल निर्माण व्यवसायी संघ धनकुटाले प्रेस विज्ञप्ति जारी गरेर घटनाको भत्सना गरेको थियो । चन्दा माग्दा नदिएकाले ठेकेदार कार्कीमाथि कालोमोसो दलिएको आरोप लगाउँदै संघले घटनामा संलग्नलाई कारबाहीको माग गरेको थियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले भने चन्दा माग नगरिएको दावी गर्दै चन्दाको निराधार कुरा उठाएर मजदुरमाथि गरिएको श्रमशोषण र दुर्व्यवहारको घटना ढाकछोप गर्न खोजिएको तर्क गरेको छ ।

 

यसअघि प्रकाशित समाचार…

धनकुटामा ठेकेदारलाई दलियो कालोमोसो

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!