‘रिजालको ग्यास’ का चालक कारागारमा, उद्योगले बेवास्ता गरेको परिवारको गुनासो
विराटनगर । गाडी चलाएर परिवार चलाइरहेका पति सवारी ज्यान तथा अंगभंग कसुरमा कारागार परेपछि दैनिक गुजारामा समस्या भएको पत्नी तारा वाइवाले बताएकी छन् । आज पत्रकार सम्मेलन गरी उनले दुई छोरी र आफू समस्यामा परेको बताएकी हुन् ।
विराटनगर–१५ का प्रेम वाइवा रिजालको ग्यास उद्योगमा ट्रक चालकको काम गर्थे । सदाझैँ २०७७ फागुन १९ गते बिहान ग्यास लोड गरिएको ट्रक लिएर उनी झापाको काँकडभिट्टातर्फ लागेका थिए । सुरुङ्...































