भत्काइयो विराटनगरको ‘नमूना सडक’: सूचना बोर्डबिनै मर्मतको काम
विराटनगर । विराटनगरको तीनपैनी चोकदेखि पुष्पलालचोक सम्मको करिब तीन किलोमिटर सडकलाई पूर्वकै नमूना सडकका रूपमा लिइन्थ्यो । दुई लेन सडकखण्डको बीच भागमा दुबैतर्फ उज्यालो हुनेगरी सोलार बत्ती जडान गरिएको छ भने विभिन्न प्रजातिका विरुवाहरू पनि रोपिएको छ ।
कुनै समय सडक पनि चिटिक्क थियो । बिरुवाहरूको पनि राम्ररी हेरचाह हुन्थ्यो भने रातको समयमा सडक पनि उज्यालो हुन्थ्यो । तर यो अवस्था केही वर्षमात्रै सीमित ...































