संगालोखबर

विराटनगर । कोशी प्रदेशका स्थानीय तहमध्ये दुईवटा उपमहानगरपालिकामा सबैभन्दा बढी बेरुजु रकम देखिएको छ । इटहरी र धरान उपमहानगरपालिकाको बेरुजु २५ करोड ७ लाख पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

Advertisement

कोशी प्रदेशका १३७ वटा स्थानीय सरकारको बेरुजु २६ अर्ब ६३ करोड ७२ लाख ९७ हजार पुगेको छ । महालेखाको प्रतिवेदनअनुसार विराटनगर महानगरको बेरुजु आर्थिक वर्ष २०७९–८० मा ७ करोड १२ लाख रुपैयाँ देखिएको छ ।

प्रदेशका ४५ वटा नगरपालिकाको बेरुजु २ अर्ब १६ करोड ३१ लाख र ८८ वटा गाउँपालिकाको बेरुजु २ अर्ब ५९ करोड ४८ लाख देखिएको प्रतिवेदनमा उल्लेख छ । कूल बेरुजुमध्ये असुल गर्नुपर्ने रकम ६२ करोड ३१ हजार, नियमित गर्नुपर्ने ४ अर्ब २० करोड ८ लाख ३५ हजार र पेश्की २५ करोड ८९ लाख ७२ हजार रहेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!