संगालोखबर

विराटनगर । ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा भएको दुर्घटनामा खोटाङका एक युवकसहित दुईजनाको मृत्यु भएको छ । मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै साधनका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

मृत्यु हुनेमा खोटाङको सोकला घर भइ ललितपुरको लुभुमा बस्दै आएका २६ वर्षीय लोकेश राई र काठमाडौंका २१ वर्षीय आयुष श्रेष्ठ छन् । शुक्रबार राति भएको दुर्घटनामा दुवैजना गम्भीर घाइते भएका थिए ।

उनीहरुको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो । बा ५६ प ५०६५ को स्कुटर चालक श्रेष्ठको किस्ट अस्पताल र बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल चालक राईको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!