संगालोखबर

धनकुटा । नेकपा (एमाले) जिल्ला कमिटी धनकुटाका नवनिर्वाचित अध्यक्ष शिव आङला लिम्बुले पार्टीलाई एकताबद्ध बनाएर अघि लैजाने प्रतिबद्धता जनाएका छन् । आज पार्टीद्वारा सदरमुकाममा धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

Advertisement

पार्टीको अधिवेशनका क्रममा आ–आफ्नै हिसाबले प्रतिस्पर्धा गरे पनि आगामी दिनमा विजयी र पराजय भएका उम्मेदवारसहित सबैसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने उनले बताए ।

भव्य र सभ्य रुपमा अधिवेशन सम्पन्न गरी आफूहरुलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएकामा सिंगो पार्टी पंक्तिबाट निर्वाचित प्रतिनिधिहरु, केन्द्रीय निर्वाचन आयोगका अध्यक्षलगायत सबैलाई उनले धन्यवाद दिए ।

अधिवेशनमा जिल्लाभरिबाट छानिएका ५४८ जना प्रतिनिधिहरु मध्येबाट लोकतान्त्रिक अभ्यासमार्फत् आफ्नो अध्यक्षतामा ५ जना पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको उनले उल्लेख गरे । जिल्ला कमिटीमा एकजना उपसहिचसहित ७ जना दलित र एकजना उपसचिवसहित ३१ जना महिला निर्वाचित भएको उनले जनाए । यसैगरी, पाँच सदस्यीय लेखा कमिटी पनि निर्वाचित भएको उनले बताए ।

विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘आगामी दिनमा पार्टीलाई एकताबद्ध र सदृढ गर्दै सबैसँग पूर्ण सहयोग र सहकार्यका साथ मिसन ८४ को लक्ष्य पूरा गर्न दृढताका साथ अघि बढ्ने प्रण गर्दछौं ।’

कार्यक्रममा पार्टीका उपाध्यक्ष चिन्तन तामाङले पनि आगामी दिनमा पार्टीलाई अझ एकताबद्ध बनाएर अघि बढ्ने भन्दै सबैलाई यो अभियानमा सहभागी हुन आग्रह गरे । यसैगरी पार्टी सचिव पर्शुराम नेपालले प्रजातान्त्रिक प्रक्रियाबाट जोजो निर्वाचित भए पनि पार्टी सबैको साझा भएकाले सहकार्यका साथ अघि बढ्न आह्वान गरे ।

नवनिर्वाचित उपसचिव नैन विश्वकर्माले अधिवेशनमा सक्रियताका साथ खटेर सफल बनाउने सबैलाई धन्यवाद दिंदै अबका दिनमा पार्टीलाई अझै बलियो बनाउन पनि सबैको सहकार्य आवश्यक हुने उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!