संगालोखबर

विराटनगर । केही महिनायता अघोषित विद्युत कटौतीका कारण औद्योगिक क्षेत्र प्रभावित भएको मोरङ उद्योग व्यापार संघले जनाएको छ । यस्तो अवस्थामा पनि नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गर्न थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको संघले उल्लेख गरेको छ ।

Advertisement

प्राधिकरणले विगत केही महिनादेखि स्वदेशी उद्योगहरुको आवश्यकताअनुरुप विद्युत आपूर्ति गर्न नसकिरहेको तथा उद्योग सञ्चालन अवरुद्ध हुने गरी अघोषित रुपमा दिनहुँ १२ घण्टासम्मको लोडसेडिङ गरिरहेकोमा ४०० मेगावाट विद्युत भारत निर्यात गरिरहेको भन्ने समाचार आश्चर्यजनक रहेको संघले जनाएको छ ।

विद्युत आपूर्ति अभावमा स्वदेशी उद्योगहरु पूर्ण रुपमा सञ्चालन हुन नसकिरहेको, स्वदेशी उत्पादकत्वमा ह्रास आएको तथा उत्पादित वस्तुहरुको अभावमा महँगी बढेको संघले जनाएको छ ।

यस्तो अवस्थामा स्वदेशी उद्योगहरुलाई आवश्यकता अनुरुपको विद्युत आपूर्ति नगरी तथा अघोषित लोडसेडिङको मारमा राखी प्राधिकरणले ‘आन्तरिक खपत पश्चात् बचत भएका विद्युत भारत निर्यात गर्न थालेको’ भन्ने भ्रमपूर्ण जानकारी दिनुबाट प्राधिकरणले स्वदेशी उद्योगहरु प्रति अन्याय गरेको संघको आरोप छ ।

मुलुकको उत्पादकत्व एवं आत्मनिर्भरता अभिवृद्धि तथा स्वदेशी उद्योगहरुको संरक्षणार्थ नेपाल सरकार, विद्युत प्राधिकरण लगायत सम्बन्धित सबै निकायहरु समक्ष विद्युतको स्वदेशी खपत तथा आवश्यकता परिपूर्तिमा विशेष ध्यान दिएर मात्र बाँकी रहेको विद्यूतको निर्यात गर्न संघले अपील गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!