संगालोखबर


विराटनगर । कोशी प्रदेशसभामा सोमबार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । सरकारका तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो । आज दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकलाई प्रदेश प्रमुख खापुङले सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी, प्रदेशसभामा आजै महालेखा परीक्षकको छैटौँ प्रतिवेदन पनि प्रस्तुत हुनेछ ।

Advertisement

मन्त्रिपरिषद बैठकले सहरी विकास तथा भवन कार्यालयलाई रकम निकासा बढाउने भनी निर्णय गरेको खेल पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि स्थानीय तहलाई रकम पठाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

यसैबीच, प्रदेश सभाको बैठक बहिष्कार गर्दै आएको विपक्षी नेपाली कांग्रेस सोमबारको प्रदेश सभाको बैठकमा भने सहभागी हुने भएको छ । बैठकमा सहभागी हुने कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!