संगालोखबर

विराटनगर । अवैध लागूऔषध खैरो हेरोइनसहित काठमाडौंको कोटेश्वरबाट झापा घर भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ घर भएकी ३६ वर्षीया सपना भुजेल र सोही ठाउँका ४१ वर्षीय कुमार भुजेल छन् ।

Advertisement

कोटेश्वरस्थित रमाइलो लज एण्ड भोजनालयबाट उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुबाट लागूऔषध तौल गर्न प्रयोग हुने २ थान डिजिटल तराजु र ५५ हजार रुपैयाँ समेत बरामद भएको छ ।

पक्राउ परेका दुबै जनालाई लागूऔषध नियन्त्रण ऐन २०३३ को कसुरअन्तर्गत म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!