संगालोखबर

इलाम । इलामको सुम्बेकमा आमा र छोरा मृत अवस्थामा फेला परेका छन् । इलाम नगरपालिका–२, सुम्बेकका ४३ वर्षीया फूलमाया तामाङ र उनका छोरा २० वर्षीय जीवन तामाङ शनिबार झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

घरमूली फुर्देन तामाङ घरमा नभएको अवस्थामा उनीहरूलाई सुत्ने कोठामा प्लास्टिकको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा फेला पारिएको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता जबेगुका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा आमाछोराले आत्महत्या गरेको देखिन्छ । उनीहरुले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!