
झापा । झापाको भद्रपुरस्थित जिल्ला प्रशासन कार्यालयअगाडि कारले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा ९२ वर्षीया धनमाया खड्काको मृत्यु भएको हो ।
प्रहरीका अनुसार भद्रपुर नगरपालिका-९ निवासी खड्कालाई जिल्ला प्रशासन कार्यालयमा काम सकेर बाहिर निस्कने क्रममा प्रदेश १-०१-००२ च ०००५ नम्बरको कारले ठक्कर दिएको थियो ।
दुर्घटनापछि कार चालकले नै घाइते खड्कालाई तत्काल उपचारका लागि ओमसाई पाथिभरा अस्पताल पुर्याएका थिए । प्रहरीका अनुसार चिकित्सकले परीक्षणका क्रममा उनलाई मृत घोषणा गरेका हुन् ।
कार चालक बुद्धशान्ति गाउँपालिका-२ निवासी ४६ वर्षीय मदन प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल उनलाई जिल्ला प्रहरी कार्यालय झापा राखिएको छ ।

संगालोखबर 

















