संगालोखबर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले सहकारी क्षेत्रलाई आगामी नीति तथा कार्यक्रममा प्राथमिकतामा राख्ने बताएका छन् । विराटनगरमा शनिवार आयोजित सहकारी संस्थाहरू सुसञ्चालनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

सहकारी रोजगार सिर्जना गर्न सक्ने क्षेत्र भएको भन्दै मुख्यमन्त्री कार्कीले यो क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए । वर्तमान समयमा सहकारीप्रति नकारात्मक धारणा बढिरहेको बताउँदै उनले त्यसलाई चिर्न सहकारीले उत्पादनमूलक काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा उनले भने, ‘सहकारी भनेपछि जे पनि गर्न मिल्ने चलन बस्यो, गरिबी उन्मूलनका लागि खोलिएका सहकारी धनीले धन कमाउने अखडा जस्तो देखियो ।’ पैसा जम्मा गर्दा थोरै हुने र झिक्दा धेरै हुने भएकाले सबै एकैपटक माग्न आउँदा सहकारी मात्र हैन बैंकले पनि फिर्ता दिन नसक्ने बताउँदै मुख्यमन्त्री कार्कीले कतिपय सहकारी अफवाहका कारण पनि समस्यामा आएको दाबी गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!