संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापाको मेचीनगर नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१२ कालीझोडामा दुईवटा मोटरसाइकल जुधेर भएको दुर्घटनामा शनिवार एकजनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिर्तामोडबाट चारआली जाँदै गरेको प्र–१–०१–०१४ प ८७८२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको मे ११ प २०२८ नम्बरको मोटरसाइकल आपसमा जुधेका थिए । मोटरसाइकल जुधेपछि ८७८२ नम्बर मोटरसाइकलका चालक भद्रपुरका ५२ वर्षीय नेत्रप्रसाद परियार लडेको अवस्थामा उनलाई मे १ ख ३२५१ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

Advertisement

गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो । जाँचपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । अर्को मोटरसाइकलका चालक झापाको हल्दिबारीका सन्तोष मेचे घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!