संगालोखबर


पाँचथर । मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्डमा भएको बोलेरो गाडी दुर्घटनामा ८ जना घाइते भएका छन् । पाँचथरको हिलिहाङ गाउँपालिका–३ गोपेटारमा आइतबार अपराह्न भएको दुर्घटनामा घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

झापाको बिर्तामोडबाट ताप्लेजुङतर्फ जाने क्रममा मे १ ज २४४२ नम्बरको बोलेरो गाडी अनियन्त्रित भइ सडकबाट खसेको कोशी प्रदेश ट्राफिक कार्यालयले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको जनाइएको छ ।

Advertisement

प्रहरीका अनुसार दुर्घटनामा ताप्लेजुङकी ३० वर्षीया कला लिम्बु, उनकी १२ वर्षीया छोरी कृष्टिना, ११ वर्षीय छोरा कृष्टिन, ३१ वर्षीय कमल लिम्बु, ७२ वर्षका सुरजकुमार लिम्बु घाइते भएका छन् ।

यसैगरी, फुङलिङकी २३ वर्षीया संगीता सापकोटा, १७ वर्षीय अर्जुन सापकोटा र चालक पाँचथरको कुम्मायक गाउँपालिका–३ का ३२ वर्षीय खगेन्द्र विश्वकर्मा पनि घाइते भएका हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका चारजनालाई झापास्थित सुविधासम्पन्न अस्पताल रेफर गरिएको उल्लेख गर्दै अन्य घाइतेको पाँचथर जिल्ला अस्पताललगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!