संगालोखबर


धनकुटा । मोरङको मिक्लाजुङ टिम धनकुटामा जारी चौथो संस्करणको सहिद रामकृष्ण श्रेष्ठ महिला फुटबल प्रतियोगितामाको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो खेलमा सहिदभूमि गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै मिक्लाजुङ सेमिफाइनलमा पुगेको हो ।

खेलको निर्धारित समयमा दुवै टिमका खेलाडीले गोल गर्न सकेनन् । थप गरिएको २ मिनेटको समयमा मिक्लाजुङ मोरङकी जर्सी नम्बर ५ की खेलाडी सलिजा राईले १ गोल गरेकी थिइन् ।

Advertisement

खेलको म्यान अफ द म्याच विजेता टिमकी गोलकर्ता खेलाडी सलिजा राई बनिन् । उनले १ हजार ५ सय पुरस्कार प्राप्त गरिन् । सोमबारको दोस्रो खेलमा धनकुटा र पाख्रीबास नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!