संगालोखबर


उदयपुर । उदयपुरको बेलकामा २८० किलो गाँजा बरामद भएको छ । प्रहरीका अनुसार बेलका नगरपालिका–८ सिसौलीघाटबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।

रामपुरस्थित सशस्त्र प्रहरी बलको सुरक्षा बेसबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा आइतबार बिहान गाँजा बरामद गरेको जनाइएको छ । गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको अधारमा सिसौलीघाटको जंगलमा प्रहरी टोलीले निगरानी गरेको थियो ।

Advertisement

त्यस क्रममा ६ वटा बोरामा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको थियो । गाँजा कसले उक्त स्थानमा राखेको भन्ने खुलिसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय पहाडी क्षेत्रबाट तराईतिर झारेर भारततिर गाँजा तस्करी हुने गरेको छ । यस्तो गतिविधि बढेपछि प्रहरीले निगरानी बढाएको जनाएको छ । खासगरी कोशी नदी हुँदै पहाडी क्षेत्रबाट गाँजा तस्करी गर्ने क्रम बढेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!