संगालोखबर


विराटनगर । विराटनगरको विराट क्षितिज कलेज नयाँ व्यवस्थापकीय टोलीले सञ्चालनमा ल्याएको छ । नयाँ व्यवस्थापकीय टोलीले विराटनगर–२ बरगाछीमा कलेज सञ्चालनमा ल्याएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट २०६९ सालमा सम्बन्धन पाएको यस कलेज १२ वर्षपछि नयाँ व्यवस्थापकीय टोलीले नयाँ भवनमा सारेर पठनपाठनलाई निरन्तरता दिने भएको हो । स्नातक तहका बिएससी सिएसआइटी र बिसिए विषय अध्यापन गर्दै आएको कलेज नयाँ व्यवस्थापकीय र प्रशासकीय टोलीले नेतृत्व गर्न थालेको कलेजका प्रिन्सिपल दिनेश दाहालले बताए ।

Advertisement

सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी ज्ञानेन्द्र कार्कीले सम्हाल्दा दिनेश दाहाल प्रिन्सिपलको भूमिकामा छन् भने कान्तिपुर एजुकेसन फाउन्डेसन मोरङ प्रा.लि. साझेदारको रूपमा छ । कलेजमा त्रिविको कोटाअनुसार प्रत्येक वर्ष बिएससी सिएसआइटीतर्फ ३६ र बिसिएतर्फ ३५ विद्यार्थी भर्ना गर्ने कोटा रहेको प्रिन्सिपल दाहालले जानकारी दिए ।

शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री कक्षाकोठा, अत्याधुनिक प्रयोगशाला, तालिमका अतिरिक्त कक्षा सञ्चालन, इन्टर्नसिपको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षकहरूको समूहबाट अध्यापन भइरहेको प्रिन्सिपल दाहालले बताए । हाल बिएससी सिएसआइटी र बिसिए गरी दुई मात्र विषयमा पठनपाठन भइरहे पनि भावी दिनमा अरू ‘फ्याकल्टी’मा अध्यापन गराउने योजनामा आफूहरू रहेको उनको भनाइ छ । आइटी क्षेत्रको उत्कृष्ट कलेज बनाउने उद्देश्यका साथ नयाँ व्यवस्थापकीय टोलीले कलेज संचालनमा ल्याएको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!