संगालोखबर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरीलाई स्रोत र साधन सम्पन्न बनाए समाजमा शान्ति सुरक्षा प्रभावकारी हुने बताएका छन् । सोमबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निरीक्षण भ्रमणका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । त्यस क्रममा उनले कार्यालय तथा विभिन्न शाखाहरुको निरीक्षण गरेका थिए ।

Advertisement

प्रहरी जनशक्ति परिचालन, अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको अवस्थाबारे गरिएको प्रस्तुतिकणको उनले अवलोकन गरेका थिए । विपद्को घटनादेखि लिएर समाजमा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रणमा नेपाल प्रहरीले पहिलो पंक्तिमा रही महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको मुख्यमन्त्री कार्कीले बताए ।

प्रहरीलाई स्रोत–साधन सम्पन्न बनाए समाजमा शान्ति सुरक्षा प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरे । कोही नागरिक प्रहरी कार्यालयमा आफ्ना समस्या लिएर आउँदा निराश भएर फर्कन नपर्ने गरी सेवा प्रदान गर्न उनले निर्देशन दिए ।

कार्यक्रममा प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले प्रहरी जनशक्ति परिचालन, कोशी प्रदेशको समग्र शान्ति सुरक्षा, प्रदेश प्रहरी कार्यालयले अपराध अनुसन्धानमा गरेको काम, बिद्यमान सुरक्षा चुनौती तथा प्रदेश सरकारसँगको अपेक्षाको बारेमा प्रस्तुतिकरण गरेका थिए ।

मुख्यमन्त्री कार्कीसहित निरीक्षण भ्रमणमा पुगेको टोलीलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले स्वागत गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!