संगालोखबर


सुनसरी । सुनसरीको इटहरीमा आइतबार बेलुका भएको दुर्घटनामा परी नेपाल प्रहरीका पूर्व हवल्दारको मृत्यु भएको छ । कारसँग स्कुटर ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको हो ।

इटहरी उपमहानगरपालिका–१ आँपगाछी चोकमा धरान गइरहेको प्र ९–०९–००२ च ६३०६ नम्बरको कार र विपरीत दिशाबाट आएको को १ प ७४९ नम्बरको स्कुटर ठोक्किएका थिए ।

Advertisement

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनाबाट स्कुटर चालक मोरङको कानेपोखरी गाउँपालिका–१ का ४४ वर्षीय डेगराज गौतमको मृत्यु भएको थियो । उनी नेपाल प्रहरीका पूर्व हवल्दार हुन् ।

कार चालक उदयपुरको त्रियुगा नगरपालिका–३ का ४१ वर्षीय रमेश निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!